विश्वविद्यालयमा तालबन्दी संस्कृतिको अन्त्य गर्न प्रतिनिधिसभा बैठकमा उठ्यो माग
काठमाडाैं | भदौ २१, २०८०
काठमाडौं: प्रतिनिधिसभा बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गर्नुभएको छ ।
बैठकको शून्य समयमा नेकपा (एमाले)का विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गर्नुभयो । नेपाली कांग्रसका सांसद श्यामकुमार घिमिरेले कानुनी अन्योलका कारण देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो ।
सोही पार्टीका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिई कोशी कटानको नियन्त्रणका दिगो समाधानका उपाय खोज्न आग्रह गर्नुभयो ।
जनमत पार्टीका विनीताकुमारी सिंहले तराई–मधेशका विद्यालयमा पर्याप्त शिक्षक पूर्वाधार नहुँदा गुणस्तरीय शिक्षा हासिल हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्न आग्रह गर्नुभयो ।
सोही पार्टीका शिशिर खनालले नेपालका राजनीतिक नक्साबारे विदेशी मुलुकलाई कूटनीतिक माध्यमबाट जानकारी दिनुपर्छ भन्नुभयो ।
बैठकमा कांग्रेसका सीताकुमारी राना, सुशीला श्रेष्ठ, सन्तोष चालिसे, सरस्वती बजिमय, नेपका ९एकीकृत समाजवादी० का शेरबहादुर कुँवर, एमालेका सरिता भुसाल र शान्ति चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

